Section 39
जगेडा अवधिको पारिश्रमिक
: श्रमिकलाई यस ऐन बमोजिम जगेडामा राखिएमा रोजगारदाताले काम चालु नहुञ्जेलसम्म निजले पाउने पारिश्रमिकको आधा रकम दिनु पर्नेछ ।
तर जगेडामा राखिने बारेको सूचना जारी गर्दा हाजिर हुनु पर्ने भनी उल्लेख भएकोमा बाहेक सो अवधिमा त्यस्तो श्रमिक कार्य स्थलमा हाजिर हुनु पर्ने छैन ।